दफा २९
जाँच गरे सरह हुने
दफा २८ बमोजिम भारी वा पोका जाँच गर्दा सो भारी वा पोकामा पेश भएको बील बीजक, अन्य कागजात वा विवरण बमोजिम मालवस्तु भएमा जाँच नगरिएका अन्य भारी वा पोकाभित्रका मालवस्तु पनि जाँच गरेको मानिनेछ ।